Logo

पोखरामा पहिरोले घर पुर्‍यो : छोराको मृत्यु, आमाको उद्धार

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । भीमबहादुरकी आमा कमला थापाको भने सकुशल उद्धार गरिएको उनले बताए । आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए ।…