Logo

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, सिमलतालमा पहिरो पन्छाउने क्रम जारी

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुइतर्फी यातायात…