Logo

टेलिफोन र इन्टरनेटको पहुँच नेपालको जनसंख्याभन्दा बढीमा पुग्यो, कसको बजार हिस्सा कति ?

काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा बढी अर्थात झण्डै १ सय ४० प्रतिशत जनसंख्यासम्म टेलिफोन सेवा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत पुष मसान्तसम्मको तथ्यांक अनुसार हालसम्म ४ करोड २२ लाख ८२ हजार जनासम्म टेलिफोनको पहुँच पुगेको हो । यो संख्या नेपालको हालको कुल जनसंख्याको आधारमा ३९ दशमलव ८७ प्रतिशतले बढी हो ।…