काठमाडौं । इन्टरनेट तथा केबल सेवाप्रदायकलाई पोलभाडा बुझाउन नेपाल विद्युत प्राधिकरणले पुनः ताकेता गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै विद्युत पोलमा टाँगिएका अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको बिजुलीको लाइन नै काटिदिने चेतावनीसहित पुनः ताकेता गरेको हो । केही सेवाप्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा…