काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले सोमबार एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरे । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि सोमबारदेखि छपाइ प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिए । अहिले विभागमा ३१ लाख…