नेपालको अग्रणी अनलाइन बजार दराजले ‘प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड’ नामक आफ्नो नयाँ अभियान घोषणा गरेको छ । जुन अभियान शुक्रबारदेखि नै सुरु भएको छ । कम्पनिका अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ ।…