काठमाडौं । नेपाल भुटानबीच सहसचिव स्तरिय चौथो व्यापार वार्ता सम्पन्न भएको छ । सोमबार भर्चुअल माध्यमबाट नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मी र भुटानको आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सोनाम तेन्जिङबीच व्यापार वार्ता भएको हो । बैठकमा नेपाल भुटानबीचका व्यापार सम्झौता एवं आपसी सहयोगका विविध विषयमा छलफल भएको थियो । छलफलमा व्यापार सम्झौतामार्फत…