काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं…