काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र…