Logo

चेम्बर पदाधिकारी र राष्ट्रपतिबीच भेट, सरकार गठन भएलगत्तै अर्थतन्त्रबारे ध्यानाकर्षण गराउने राष्ट्रपतिको प्रतिबद्धता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति पौडेललाई बिहीबार बधाई एवं शुभकामना दिएको हो । चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका छन् ।…