काठमाडौं । युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध रुपमा हटाउने विषयमा सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्यास उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थ व्यवस्था बन्ने ईयूको महत्वाकांक्षी योजनाको लागि महत्वपूर्ण मानिएको छ…