काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने तयारी भएको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजना गरिएको छलफलमा उनले अर्थतन्त्र सुधारकै लागि ब्याजदर घटाउने उपाय खोजिरहेको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न ब्याजदर घटाउने उपायहरू खोजिरहेको बताए । ‘विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी…