काठमाडौं । महालेखापरीक्षक कार्यालयले धेरैजसो पेशाकर्मीहरुले स्थायी लेखा नम्बर (प्यान) नलिएको ठहर गरेको छ । बिहीबार ६० औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । ‘यो बर्षसम्म ४८ लाख ३० हजार ८ सय ११ करदाता करको दायरामा आएका छन् । तर, चिकित्सक, ईन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षकलागत अधिकांश पेशाकर्मीहरु यसमा जोडिएका छैनन,’…