Logo

सार्वजनिक यातायातमा जकडिँदै सिण्डिकेट : पहिले समितिमार्फत, अहिले कम्पनीबाट, बार्गेनिङ गर्न संचालकले नै गराउँछन् बन्द

काठमाडौं । गत फागुन पहिलो हप्ता महाराजगंज बुढानिलकण्ठ रुटमा चल्ने सवारीसाधनका मजदुरहरुले सवारी चलाएनन् । ट्राफिक प्रहरीले गरेको कडाईविरुद्ध आन्दोलन भन्दै त्यसदिन उनीहरुले बिहान झण्डै ११ बजेसम्म सवारीसाधन नचलाएपछि त्यसक्षेत्रका हजारौं यात्रुहरु मारमा परे । त्यसको एक हप्तापछि पुनः यातायात मजदुरहरुले माछापोखरी चोकको मुल सडकमै बसहरु तेस्र्याएर कोणसभा गरे । जसका कारण काठमाडौंको रिङरोड नै…