Logo

प्रधानमन्त्रीले भने, ‘प्रकाश तामाङले २–४ दिनमै नागरिकता पाउँछन्, अरु सहयोग पनि हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङ (काले मोक्तान) लाई चाँडो नागरिकता दिलाउन पहल गरेका छन् । प्रकाशलाई तत्काल नागरिकताको आवश्यकता रहेकाले त्यसका लागि पहल गरिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले मंगलबार राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख…