काठमाडौं । विश्वभर हतियारको व्यापारमा नजर राख्ने थिंक ट्याङ्क सिप्रीले युरोपेली देशहरूले ठूलो परिमाणमा हतियार खरिद गरिरहेको बताएको छ । सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षमा अघिल्लो पाँच वर्ष (२०१४–२०१८)को तुलनामा ९४ प्रतिशत बढी हतियार आयात भएको छ । सिप्रीले आफ्नो प्रतिवेदनमा हतियारको संख्या विश्लेषण गरेको छ र त्यसको मूल्य भने उल्लेख गरेको छैन…