काठमाडौं । आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रालिबीच औपचारिक रेमिटेन्स सेवाको सहमती भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि औपचारिक शुरुवात गरेको हो । सो अवसरमा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायत आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो…