Logo

मस्को हमलामा ज्यान गुमाउनेको संख्या ९३ पुग्यो, नेपालद्वारा आक्रमणको निन्दा

काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ…