काठमाडौं । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । उनीहरुले महानगरीय प्रहरी कार्यालय टेकुमा उजुरी दर्ता गरेका हुन् । दर्ता गरिएको नं ३७१ को उजुरीमा भनिएको छ ‘कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।’ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा…