निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घमा जब कुनै निर्णयमा द्विविधा हुन्छ अथवा कुनै ठूलै परिवर्तनको आवश्यकता पर्छ, त्यहाँ एउटा नामको खोजी सुरु भइहाल्छ । विधान संसोधनमार्फत वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णयका क्रममा होस अथवा महासङ्घ नेतृत्व छनोट गर्ने सवालमा, चण्डीराज ढकाल जहिले पनि निर्णायक व्यक्तिका रुपमा रहन्छन् । करिब १२…