काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ७ विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ डडेल्धुराका महासचिव खेमराज अवस्थीले जानकारी दिनुभयो । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी,…