काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकिय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन । उनका अनुसार रात्रिकालीन जीप सफारीका लागि रुट…