काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बागलुङ, बैतडी, म्याग्दी लगायत १० जिल्लामा बैंकले आफ्ना नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै बाग्लुङको ताराखोला गाउँपालिका स्थित अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा, बैतडी जिल्लाको पुर्चाैडीमा, बाग्लुङ जिल्लाको जैमीनी, म्याग्दी…