Logo

राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढालाई पठाएको छ । यसअघि महानिर्देशक रहेका नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि नयाँ महानिर्देशकमा बुढा सरुवा भएका हुन् । बुढा यसअघि पर्यटन विभागबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएका थिए ।