काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले २०२३ को अन्त्यसम्म नेपालका लागि ५ सय २ सार्वजनिक ऋण, अनुदान, र प्राविधिक सहयोगमार्फत ८.२ अर्ब अमेरिकी डलरको प्रतिबद्धता जनाएको छ। एडीबीको यो लगानीले गरिबी न्यूनीकरण, लैङ्गिक र सामाजिक असमानता कम गर्ने, पूर्वाधार निर्माण गर्ने, कृषि रुपान्तरण गर्ने, र जलवायु परिवर्तनको असर कम गर्ने जस्ता क्षेत्रलाई प्राथमिकता दिएको…