काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ । समितिको आजको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए…