Logo

फ्रिक्वेन्सी दस्तुर नबुझाउँदा नेपाल टेलिकम र एनसेल पनि तनावमा, रोकियो ब्याण्डविथ आयात

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारलाई बक्यौता नबुझाउँदा देखिएको अन्यौलताकाबीच देशका प्रमुख दुई दूरसञ्चार सेवाप्रदायक पनि उस्तै समस्यामा फसेका छन् । सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर लामो समयसम्म नबुझाएका कारण नेपालका दुई ठूला दूरसंचार सेवाप्रदायक तनावमा फसेका छन् । नेपाल दूरसंचार प्राधिकरणले लामो समयदेखि २१ सय मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोग गरेवापतको भुक्तानी गर्न ताकेता गरिरहेको छ…