काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कको नेटवर्थ अचानक घटेको छ । पछिल्लो दुई महिनामा एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलरभन्दा तल झरेको यो पहिलो पटक हो। यसको पछाडिको कारण विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाको शेयर मूल्यमा दोहोरो अंकको गिरावट हो । कम्पनीको सेयरमा २७ प्रतिशतले गिरावट आएको…