काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लाने तयारी भएको छ । बुधबार बेलुका काठमाडौंको बुद्धनगरस्थित निवासमा भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ । २५ प्रतिशत शरीर जलेका…