काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३,४५३ जना उत्तीर्ण भएका छन् । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमती…