काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी गर्नका लागि विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.…