काठमाडौं । नेपाल वायुसेवा संचालक संघले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै त्यसैलाई आधार मानेर हवाईमा प्रयोग हुने इन्धन अनुसार मूल्य वृद्धि गरेको छ ।
निगमले हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँ बढ्दा संघले हवाई रुट अनुसार २२० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ ।


