Logo

११ वायुसेवा कम्पनीलाई बक्यौता रकम तिर्न प्राधिकरणको ताकेता, ३० दिनभित्र नबुझाए जायजेथाबाट असुल गरिने

११ वायुसेवा कम्पनीलाई बक्यौता रकम तिर्न प्राधिकरणको ताकेता, ३० दिनभित्र नबुझाए जायजेथाबाट असुल गरिने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ११ वटा वायुसेवा कम्पनीहरुलाई ९ करोड ६८ लाख रुपैयाँ बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै संचालनमा नरहेका उक्त ११ वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको हो ।

प्राधिकरणले नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिईएको हो । उक्त ११ कम्पनीहरुले ३० दिनभित्र विलम्ब शुल्कसमेत बुझाउन प्राधिकरणले ताकेता गरेको हो । यस्तै प्राधिकरणले कम्पनीहरुले हिसाव फरफारक गर्ने भएपनि सूचना पठाउन निर्देशन दिएको छ ।

यसरी ३० दिनभित्र बक्यौता रकम नबुझाएको खण्डमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको छ । यो कम्पनीले ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने छ ।

यसैगरी कस्मिक एयरको वक्यौता रकम ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ छ ।

११ वायुसेवा कम्पनीलाई बक्यौता रकम तिर्न प्राधिकरणको ताकेता, ३० दिनभित्र नबुझाए जायजेथाबाट असुल गरिने

प्रतिक्रिया दिनुहोस्
MBL