Logo

महासंघको पर्यटन तथा हवाई उडड्यन समिति विस्तार, सह-सभापतिमा गुरागाईँ, थापा र सुवेदी चयन

महासंघको पर्यटन तथा हवाई उडड्यन समिति विस्तार, सह-सभापतिमा गुरागाईँ, थापा र सुवेदी चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ । महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा उक्त समिति विस्तार भएको हो । समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चयन भएका छन् ।

समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभल्सका प्रमुख कार्यकारि अधिकृत रुद्र प्रसाद सापकोटा९बिनोद० र्याडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर रहेका छन् । समितिका सल्लाहकारहरुमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रामशरण थपलिया छन् ।

त्यसैगरी समितिमा आमन्त्रित सदस्यहरुमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशिय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारि अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झांक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अम्रित भुजेल, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, वुद्ध रिजेन्सी प्रालिका प्रवन्ध निर्देशक नरेन्द्र गुप्ता रहेका छन् ।

यस्तै अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएनका उपाध्यक्ष दूर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ पनि आमन्त्रित सदस्यमा परेका छन् ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सकेको खण्डमा निकै धेरै लाभ उठाउन सकिने बताए । उनले प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्रयाउने भन्दा पनि संख्यात्मक रुपमा धेरै पर्यटक भित्रयाउन ध्यान दिंदा यसबाट लाभ उठाउन नसकेको जानकारी दिए । उनले सशक्त बजारीकरणकासाथ गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ हुनुपर्ने र यसमा महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् । ‘नेपालमा अथाह सम्भाव्यता छ, हाम्रा प्रोडक्टहरू पनि पर्याप्त छन् तर हामी त्रिकोणीय क्षेत्र ९पोखरा–काठमाडौं–चितवन० भित्रै हरायौं’, उनले भने, ‘अव हामीले नयां नयां गन्तव्यहरुलाई उजार गर्नुपर्छ, प्रचार प्रसार गर्नुपर्छ अनिमात्र लाभ उठाउन सक्छौं र त्यसमा समितिले अर्थपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा मैले गरेको छु ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनरजीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने बताएका छन् । यस्तै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महासंघका सवै सदस्यहरुलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजहरुले ल्याउनु पर्ने सुझाव दिए ।

तत्तपश्चात सभापति श्रेष्ठको अध्यक्षतामा वसेको समितिको पहिलो बैठकले समितिको कामलाई परिणाममुखी बनाउन विमानस्थलहरुको सही व्यवस्थापन तथा संचालन, प्रदेशमा पर्यटन विकास, तालीम तथा शिकाई र गन्तव्य नेपाल प्रवद्र्धन तथा बजारीकरण क्षेत्रहरु छुट्टयाई उपसमिति गठन गरी कार्य गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL