Logo

नेवानीको काठमाडौं–धनगढी हवाइ सेवा सुरु, भाडा साढे ८ हजारसम्म

नेवानीको काठमाडौं–धनगढी हवाइ सेवा सुरु, भाडा साढे ८ हजारसम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले धनगढी–काठमाडौं हवाई सेवा सुरु गरेको छ । निगमले हप्तामा ४ दिन हवाइ सेवा सुरु गरेको हो । जस अनुसार आइतबार, मङलबार, बुधबार र शुक्रबार निगमले धनगढी– काठमाडौं उडान भर्ने छ ।

नेपाल वायु सेवाको धनगढी–काठमाडौंको भाडादर ३ प्रकारको रहेको छ । निगमले प्रतियात्रु ५ हजार ६ सय ५५ रूपैयाँ, ६ हजार २ सय ५५ र ८ हजार ४ सय ६५ रूपैयाँ गरी तीन प्रकारको भाडा कायम गरेको छ । अग्रिम टिकट लिनेले भने केही सस्तो गरिएको निगमले जानकारी दिएको छ । यो शुल्क निजी क्षेत्रका हवाइ सेवाको तुलनामा सस्तो रहेको छ ।

हाल धनगढी विमानस्थलवाट नेपाल वायुसेवा निगमका साथै निजी क्षेत्रको बुद्ध एअर र यती एअरलायन्सले हवाई सेवा सञ्चालन गर्दै आएको छ । बुद्ध एअरले दैनिक सेवा उपलब्ध गराइरहेको छ । तर, यती एअरलायन्सले हप्तामा ३ दिन मात्र उडान भर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL