Logo

एकसय दिनमा बुद्ध एअरले दियो पौने चार लाख यात्रुलाई सेवा, आन्तरिक १५ गन्तव्यमा दैनिक उडान

एकसय दिनमा बुद्ध एअरले दियो पौने चार लाख यात्रुलाई सेवा, आन्तरिक १५ गन्तव्यमा दैनिक उडान



काठमाडौं।  आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले कोभिड(१९ को संक्रणपछि खुलेको उडानबाट पौने चार लाख यात्रुलाई सेवा दिएको छ। बुद्धले ५ असोजदेखि १३ पुससम्ममा तीन लाख ७५ हजार यात्रुलाई सेवा दिएको जानकारी दिएको छ।

कोभिडका कारण ११ चैत २०७६ देखि बन्द भएको आन्तरिक वायुसेवा ५ असोजदेखि खुलेको हो। बुद्धले दैनिक चार दर्जनभन्दा बढी उडान, १५ गन्तव्य तथा सरदर तीन हजार ७०० बढी यात्रुलाई सेवा दिएको जानकारी दिएको छ। यो एअरले बन्दाबन्दीपछि उडान खुलेको  १०० दिनमा ती यात्रुलाई सेवा दिएको विवरण सार्वजनिक गरेको हो।

बुद्धले दुई बीचक्राफ्ट, तीन एटीआर ४२ र आठ वटा एटीआर ७२ जहाजमार्फत दैनिक सेवा दिइरहेको छ। यसले आन्तरिक १५ गन्तव्यमा दैनिक उडान गर्ने गरेको छ।

सुरक्षित तथा संक्रमणरहित उडानका लागि बुद्ध एअरले  कोभिडविरुद्ध सुरक्षा निर्देशिका बनाएको छ। कर्मचारीलाई आवश्यक तालिम दिने र पटक पटक पूर्वअभ्यास समेत गराएको थियो । बुद्धका हरेक उडानमा यात्रु संख्या थपिदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमणरहित विधि नै भएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत बताउँछन्।

हरेक उडान अगाडि जहाजलाई अन्तर्राष्ट्रिय संस्थाले सुझाएको विधि तथा केकिमल प्रयोगले सरसफाई, कर्मचारीलाई आवश्यक तालिम, पीपीई तथा अन्य सुरक्षाका उपायबारे ज्ञान लिएर हरेक यात्रुलाई मास्क तथा जहाजमा फेससील्डको अनिवार्य प्रयोगले बुद्ध एयरका हरेक उडान संक्रमणरहित भएको पनि जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्
MBL