Logo

कोरोनाका कारण विश्व हवाई यात्रु ८० प्रतिशतले घटे, उड्डयन क्षेत्रमा ५ खर्ब डलरको क्षति

कोरोनाका कारण विश्व हवाई यात्रु ८० प्रतिशतले घटे, उड्डयन क्षेत्रमा ५ खर्ब डलरको क्षति



काठमाडौं । झण्डै एक वर्षयाता विश्व कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त छ । कोरोना भाईरसको रोकथाम नियन्त्रणका लागि भन्दै विभिन्न देशहरुले हवाई उडानमा प्रतिवन्ध लगाउँदा हवाई उद्योगमा गम्भीर असर परेको छ ।

सन् २०१९ को डिसेम्बरदेखि चीनको बुहानमा देखिएको संक्रमणका कारण सन् २०२० को सुरुवातदेखि नै विभिन्न देशहरुले नाका सिल, हवाई उडानमा प्रतिवन्ध, लकडाउनलगायत रोग नियन्त्रणका उपायहरु अपनाउँदा विश्वभर आवतजावत बन्द भयो । जसका कारण हवाई यात्रुको संख्या पनि स्वाट्टै घट्यो छन् । यस्तै धेरैजसो यात्रुहरुले आफ्ना टिकटहरुसमेत रद्द गर्नुपर्यो ।

एकेएसजेब्लगेन डट कमका अनुसार यो बर्षभरी विश्व हवाई यात्रु ट्राफिक ६० प्रतिशतले घटेको छ । अर्थात सन २०२० भरमा विश्वभर १ अर्ब ८० करोडले मात्रै हवाई यात्रा गरेका छन् ।

कोरोना भाईरसको महामारी अघि विश्वभर हवाई यात्रुको संख्या बढिरहेको अवस्थामा थियो । अन्तरराष्ट्रिय हवाई यातायात संघको तथ्यांकअनुसार पछिल्लो १५ बर्षयता हवाई यात्रुहरु बढिरहेका थिए । १५ बर्षअघि अर्थात सन २००४ मा हवाई यात्रुको संख्या १ अर्ब ९० करोड गणना गरिएको थियो जुन सन २०१९ मा ४ अर्ब ५० करोड पुगेको थियो ।

हवाई यातायातमा समुचित वृद्धिका कारणहरुमा मध्यमवर्गीय मानिसहरुको बढ्दो उदय, एशिया प्यासिफिकले गरेको विमानस्थल पूर्वाधार निर्माणमा तिव्रता र कम लगानी र भाडाका विमानहरुलाई लिन सकिन्छ । जसले आफ्नो लगानी केही समयमै फाईदामा बदलेको स्थिति थियो ।

यद्यपि कोरोना भाईरसका कारण हवाई यातायात क्षेत्रमा ठूलो असर पर्दा सन २००४ को भन्दा पनि कम यात्रु अर्थात १ अर्ब ८० करोड जनाले मात्रै हवाई यात्रा गरेका हुन् । विभिन्न तथ्यांकअनुसार सन २०२१ मा समेत उक्त संख्या बढेर २ अर्ब ८० करोडमात्रै पुर्याउन सकिने देखिएको छ । जुन कोराना अघि गरिएको अनुमानभन्दा ४० प्रतिशतले कम हो ।

डिजिटल फ्लाईट ईन्फर्मेसन दिने संस्था ओएजीका अनुसार डिसेम्बर १४ सम्म गत बर्षको सोही अवधिको तुलनामा विश्वभर हवाई यात्रुको संख्यामा ४३ दशमलव ५ प्रतिशतको गिरावट आएको हो । देशहरुको तुलनामा भने सबैभन्दा बढी गिरावाट सिंगापुरमा आएको देखिन्छ । सिंगापुरमा गत बर्षको सोही अवधिको तुलनामा यो बर्ष हवाई यात्रुको संख्यामा ८९ प्रतिशतको गिरावट आएको पाईएको छ ।

यस्तै हंगकंग भने सबैभन्दा धेरै हवाई यात्रु गुमाउने देशको दोस्रो स्थानमा परेको छ । हंगकंगमा यो बर्ष हवाई यात्रुको संख्या ८७ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । यस्तै जर्मनी, बेलायत र ईटालीमा क्रमशः हवाई यात्रुको संख्यामा ७६.६, ७३.५ र ६९.५ प्रतिशतको गिरावट आएको हो ।

कोरोना महामारी अघिको तुलनामा विश्वभर व्यवसायी उडानको राजस्वमा समेत ठुलो गिरावट आएको छ । सन २००५ मा ३ खर्ब २३ अर्ब डलर रहेको व्यवसायिक उडानको राजस्व २०१९ मा बढेर ६ खर्ब १२ अर्ब पुगेको थियो । तर सन २०२० मा भने यस्तो राजस्वमा ६७ प्रतिशतको गिरावट आई १ खर्ब ९१ अर्ब डलरमा पुगेको हो । यस्तै यो आँकडा सन २०२१ मा २ खर्ब ८७ अर्बमा पुग्ने अनुमान गरिएको छ ।

तथ्यांकअनुसार युरोपका विमानस्थलहरु भने राजस्वको ठुलो मारमा परेका छन् । जहाँ कोरोना महामारीका कारण यस्तो राजस्व घटेर ३८ अर्ब डलर मात्रै पुगेको छ । यस्तै एशियाका विमानस्थलहरुले भने अब प्रत्येक बर्ष २७ अर्ब डलरका हिसावले यस्तो राजस्व आर्जन गर्ने अनुमान गरिएको छ । ट्राभलडेलीन्यूजबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL