Logo

कतार एयरवेजद्वारा यात्रुहरुलाई २०२१ का लागि सुविधा थप, असिमित मिति परिवर्तनको सुविधा

कतार एयरवेजद्वारा यात्रुहरुलाई २०२१ का लागि सुविधा थप, असिमित मिति परिवर्तनको सुविधा



काठमाडौं । । कतार एयरवेजले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असिमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ ।

एयरलाइनको यस सुविधा जनक बुकिङ नीति यात्रुहरुलाई शान्तिपूर्व आफ्नो योजनाहरू परिवर्तन गर्न सहज बनाउन निर्माण गरिएको हो ।

एयरलाइनले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ जसको मूल्य थप १०५ रहने छ ।

यो सुविधा बुकिङ गरिएका सबै टिकटहरुमा लागू हुनेछ । ट्राभल भौचर लिने प्रक्रिया पनि छिटो र सरल छ जसअन्तर्गत यात्रीहरूले अनलाइन आवेदन दिई ४८ घण्टा भित्र भौचर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL