Logo

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर, गिफ्टको रुपमा थप एक रात बस्न पाईने

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर, गिफ्टको रुपमा थप एक रात बस्न पाईने



काठमाडौं । नगरकोटको होटल क्लब हिमालय नगरकोटले ‘क्रिस्टमस एबोभ द क्लाउडस’ स्पेशल अफर सार्वजनिक गरेको छ । विशेष गरी नेपाली र नेपालमा बसीरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली १० हजार मै एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् ।
उक्त अफर अन्तरगत ९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशल डिनर, १० गतेको लागि ब्रेकफास्ट, हट चक्लेट र कुकिज समावेश गरिएको छ ।

सान्टाद्धारा स्पेशल गिफ्टको रुपमा थप एक रात फ्रि मा कोठा उपलब्ध हुनेछ जसमा खाना समावेश गरिएको छैन । यस योजनामा शर्तहरु भने लागू हुनेछन् ।

उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको उक्त होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिदै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL