Logo

९ महिनापछि पुनः संचालनमा आयो कुपण्डोलस्थित समिट होटल

९ महिनापछि पुनः संचालनमा आयो कुपण्डोलस्थित समिट होटल



काठमाडौं । कोरोना महामारीका कारण पछिल्लो ९ महिनादेखि बन्द रहेको कुपण्डोलस्थित समिट होटल मंगलबारदेखि पुनः संचालनमा आएको छ । कोरोना कहरकै बीच बन्द भएको होटल मंगलबारदेखि पुनः संचालनमा आएको हो ।

४० बर्ष लामो ईतिहाँस बोकेको होटलले अबका दिनमा कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डहरुलाई पुर्ण पालना गर्दै अघि बढ्ने बताएको छ । होटलले हाल हिमालयन एन्ड गार्डने भ्यु रुम, रेष्टुरेन्ट र ब्यांक्वेट, कन्फ्रेन्सीङलगायत पुनः संचालनमा ल्याएको छ ।

यस्तै होटलले स्विमिङ पुल र फिटनेस सेन्टर पनि सरकारसँगको समन्वयमा चाँडै संचालनमा ल्याउने जानकारी दिएको छ । यस्तै होटलले अन्य विभिन्न आवासहरुको निर्माण गरिरहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL