Logo

आईतबारदेखि मनकामना केबुलकार संचालनमा आउने, बलीका लागि पशुको ढुवानी नहुने

आईतबारदेखि मनकामना केबुलकार संचालनमा आउने, बलीका लागि पशुको ढुवानी नहुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरोना भाईरसका कारण लामो समयसम्म बन्द रहेको मनकामना केबुलकार आईतबारदेखि संचालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकार आईतबारदेखि खोल्ने निर्णय गरेको हो । उक्त केबुलकार भने स्वास्थय मापदण्डहरुको पालना गर्दै संचालन हुने बताईएको छ ।

जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने व्यवस्था आदी मिलाईएको छ । कम्पनीले क्षमताको ५० प्रतिशत अर्थात प्रतिघण्टा ३ सय ३० जना यात्रु मात्रै ओसारपसार गर्ने व्यवस्थ रहेको बताएको छ । यस्तै बलीका लागि पशु ढुवानीको व्यवस्था भने अस्थायी रुपमा बन्द गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL