Logo

नेपालमा कोरोना परीक्षणमा निजी ल्यावको लापरबाही, कोरोना परीक्षणको वास्तविक रिपोर्टमात्रै दिन निगमको आग्रह

नेपालमा कोरोना परीक्षणमा निजी ल्यावको लापरबाही, कोरोना परीक्षणको वास्तविक रिपोर्टमात्रै दिन निगमको आग्रह



काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोना परिक्षण गर्ने ल्याबहरुलाई वास्तविक रिपोर्ट दिन आग्रह गरेको छ । निगमले केही साता अघि हंगकंगको उडानमा नेगेटिभ रिपोर्ट आएका यात्रु लिएर उता पोजेटिभ देखिएपछि ल्यावहरुलाई अझै सजग रहन आग्रह गरेको हो ।

पछिल्लो समय नेपालमा रिपोर्ट नेगेटिभ देखिने तर विदेशमा पुनः परिक्षण गर्दा पोजेटिभ देखिने समस्या आएपछि निगम तथा देशकै प्रतिष्ठामा आँच आएको निगमको भनाई छ । निगमले ७२ घण्टाभित्र पीसीआर परिक्षण गरी नेगेटिभ रिपोर्ट आएका यात्रुलाई विभिन्न देशहरुमा पुर्याउने गरेको छ ।

तर केही साता अघि नेपालमा पीसीआर नेगेटिभ भई हंगकंग पुग्दा केही यात्रुहरुलाई पोजेटिभ देखिएपछि निगमलाई हंगकंग एयरपोर्टले २ साताका लागि उडानमा प्रतिवन्ध लगाएको थियो ।
सोहीअनुसार निगमले एकपटक पीसीआर परिक्षण गरीसकेपछि आफु सरक्षित रहेर बस्नसमेत यात्रुहरुलाई आग्रह गरेको छ ।

पछिल्लो विभिन्न कामले विदेश जाने यात्रुहरुले कोरोना परिक्षण नै नगराई ल्याबहरुबाट नेगेटिभ आएको रिपोर्ट लिनेगरेको गुनासोसमेत बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । जसका कारण एक स्थानबाट कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएपनि अन्य ल्यावमा परिक्षण गर्दा पोजेटिभ आउने केसहरु बढिरहेका थिए । जसका कारण नेपाल वायुसेवा निगमलाई कतिपय देशहरुले सचेत तुल्याएका छन् भने कतिपयले उडानमा नै प्रतिवन्ध लगाएका छन् ।

यसरी उडानमा प्रतिवन्द लगाउँदा एकातिर वायुसेवा कम्पनीको आम्दानीमा ठुलो असर पर्न जान्छ भने अर्काेतिर देशकै प्रतिष्ठामासमेत आँच आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL