Logo

निगमले २६ बर्षपछि परिवर्तन गर्याे फ्लाईट प्लानिङ प्रणाली, संचालन खर्च ३० प्रतिशतले बचत हुने

निगमले २६ बर्षपछि परिवर्तन गर्याे फ्लाईट प्लानिङ प्रणाली, संचालन खर्च ३० प्रतिशतले बचत हुने



काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो २६ बर्षदेखि प्रयोग गर्दै आएको फ्लाईट प्लानिङ सफ्टवेयर परिवर्तन गरेको छ । निगमले सोमबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

निगमले पछिल्लो २६ बर्षदेखि प्रयोग गर्दै आईरहेको सीता फ्लाईट प्लानिङ सफ्टवेयरलाई परिवर्तन गरी एयरबस कम्पनीले निर्माण गरेको न्याभब्लु फ्लाईट प्लानिङ (एन–एफपी) लागु गरेको हो ।

उक्त प्रणालीमा मौसम पूर्वानुमान, नोटीस टु एयरमेन (नोटाम), आरएआईएमब पूर्वानुमान, ओभरफ्लाई चार्ज, रुट एण्ड फ्युल अप्टीमाईजेसनलगायतका सुविधाहरु रहेका छन् ।

जसमार्फत पहिलेभन्दा हाल उडान थप सुरक्षित हुने र निगमको खर्च पनि ३० प्रतिशतले बचत हुने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL