Logo

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त, चार वर्षको कार्यकाल रहने

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त, चार वर्षको कार्यकाल रहने



काठमाडौं । सरकरले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्‍चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो ।

बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रहेका उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

यस्तै बिहीबारको बैठकले लुम्बिनी विकास कोषको सदस्य सचिव समेत नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL