Logo

कतार एयरवेजले शिक्षकहरुलाई निःशुल्क २१ हजार टिकट प्रदान गर्ने

कतार एयरवेजले शिक्षकहरुलाई निःशुल्क २१ हजार टिकट प्रदान गर्ने



काठमाडौं । कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरुलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागिरहेका शिक्षकहरुको सम्मान स्वरुप विश्व शिक्षक दिवसको उपलक्ष्यमा कतार एयरवेजले २१,००० निःशुल्क टिकट वितरण गर्ने जानकारी दिएको छ ।

टिकट अक्टोबर ५ दोहाको समय अनुसार बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ०३ः५९ बजेसम्म वितरण वितरण गरिने एयरलाइन्सले जनाएको छ ।

शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन qatarairways.com/ThankYouTeachers मा गई एक आवेदन फारम भरेर एक युनिक कोड लिुनपर्नेछ र टिकट फस्ट कम फस्ट सर्भका आधारमा वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL