Logo

कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा पर्यटन क्षेत्र, व्यवसायी भन्छन-नेपाल जोखिममा छैन भन्ने सन्देश विश्व बजारमा पुर्याउनुपर्छ

कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा पर्यटन क्षेत्र, व्यवसायी भन्छन-नेपाल जोखिममा छैन भन्ने सन्देश विश्व बजारमा पुर्याउनुपर्छ



काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण संकटमा परेको नेपालको पर्यटन क्षेत्र कहिलेदेखि ट्रयाकमा आउने हो भन्ने अहिलेसम्म अन्यौलमै छ । व्यवसायीहरु भने अझै ६ महिनासम्म अझै कस्तो अवस्था आउँछ भनेर आँकलन गर्न नसकिने बताउँछन् । पछिल्लो करिव ९ महिनादेखि विश्वभर फैलिएको महामारीका कारण विश्व व्यापार क्षेत्र नै धराशायी बनेको छ । त्यसमाथि पनि सबैभन्दा बढी असर त विश्व पर्यटन क्षेत्रमै परेको छ । ९ महिनायता नेपालको पर्यटन क्षेत्र पनि शून्य छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै जारी गरेको लकडाउनका कारण नेपालमा सबै पर्यटकीय गतिविधि करीब ६ महिनासम्म शून्य अवस्थाामा रह्यो भने लकडाउन हटाएपनि अन्तराष्ट्रि उडान नियमित नभइसकेको र विश्व बजारमा कोरोनाको डर उत्तिकै रहेकाले अवस्था सुध्रेको छैन् । अर्कोतर्फ नेपाल जस्ता देश बाहिरबाट आउने विदेशी पर्यटकलाई उच्च जोखिमयुक्त क्षेत्र भन्दै हाउगुजी देखाईएको र अमान्तरिक पर्यटकका लागि पनि कोरोना कहरको डर रहेकाले पर्यटन व्यवसाय थप प्रभावित हुने व्यवसायी बताउँछन् ।

यसरी आन्तरिक र बाह्य पर्यटकलाई कोरोनाको डरले पर्यटन क्षेत्र नै धराशायी बनेको छ । हाल होटलहरुमा पर्यटक आगमन शुन्य छ । सबै होटलहरु बन्दसरह छन् । सोही अवस्थाका कारण हाल पर्यटन क्षेत्र खासगरी होटल क्षेत्रमा अर्बौंको नोक्सानी भईसकेको होटल एशोसिएसन नेपाल (हान) महासचिव साजन शाक्य बताउँछन् ।

यस्तै अवस्था कोरोना भाईरस विरुद्धको भ्याक्सिन नबन्दासम्म रहने उनको आँकलन छ । उनका अनुसार भाईरसविरुद्धको भ्याक्सिन नबन्दासम्म विदेशी पर्यटकहरुको चहलपहल नहुने र सोहीअनुसार पर्यटन क्षेत्र ठप्प नै रहने उनको बुझाई छ । तर, भ्याक्सिन बन्नुपूर्व सरकारले पनि केही हदसम्म भने सहजीकरण गरे पर्यटन क्षेत्रमा संचालन खर्चसम्म धान्नेगरी काम हुने उनको भनाई । ‘सरकारले पर्यटन आवागमनलाई प्राथमिकतामा राखेर नेपालको विशेष प्रचार र विज्ञापन गर्नुपर्छ,’ उनले भने, ‘यसो गरिँदा विदेशबाट आउने पर्यटक र नेपालकै आन्तरिक पर्यटनमा पनि चहलपहल बढ्नेछ,’ उनी भन्छन ।

सरकारले विश्वबजारमा नै कोरोना भाईरस विरुद्धको भ्याक्सिन नबन्दासम्मका लागि नेपालमा धेरै जोखिम छैन भन्नेखालको सूचना विश्वबजारमा फैलाउनुपर्ने उनको भनाई छ ।

हाल नेपाललाई कोरोनाको जोखिमयुक्त क्षेत्र मानिएको छ । यस्तै युरोपका केही देशहरुमा कोरोना भाईरसकै कारण दोस्रो चरणको लकडाउनसमेत सुरु भएको छ । सोहीअनुसार पनि आगामी ६ महिनासम्म पर्यटन क्षेत्र धराशायीकै अवस्थामा रहने ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल (टान) का अध्यक्ष खुम सुवेदी बताउँछन् । उनी पनि भाईरस विरुद्धको खोप नबनेसम्म पर्यटन क्षेत्रलाई माथी उकास्न नसकिने बताउँछन् ।

सरकारले हालैको समयमा पर्यटक भित्र्याउन पर्वतारोही र पदआरोहणका लागि भन्दै अनअसाईभल भिषा खोल्ने र पर्यटक आउन दिने निर्णय गरेको छ । तर, उक्त निर्णयअनुसार पर्यटकका लागि लागु गरिएका मापदण्डले भने आवागमनमा बाधा पुर्याउने व्यवसायीको अनुमान छ । पर्यटकलाई नेपाल आउँदा ७ दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने नियमलाई घटाएर ३ देखि ४ दिनमात्रै बनायो भनेपनि केही सहजीकरण हुने हान महासचिव साजन शाक्य बताउँछन् ।

पहिल्यै पिसिआर रिपोट नेगेटिभ ल्याएर आएका पाहुनालाई पुनः अनिवार्य ७ दिनको होटल क्वारेन्टाईन अशोभनीय भएको उनले बताए । बरु नेपालले बाहिरबाट आउने पर्यटकहरुका लागि बीमाको राम्रो व्यवस्था गर्न सकिए मात्रै पनि पर्यटक तान्न सकिने उनको भनाई छ । उनले यो बर्षभरी ३ देखि ४ लाख पर्यटक आउने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL