Logo

मनकामना केबल कारको टिकट अब मोबाइलमै, नगदको सट्टा अनलाइन भुक्तानी

मनकामना केबल कारको टिकट अब मोबाइलमै, नगदको सट्टा अनलाइन भुक्तानी



काठमाडौं । नेपालको पहिलो केबल कार सेवा कम्पनी मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टिकट मोबाइलमै उपलब्ध गराएको छ ।

केबुल कार पुनः संचालन आएसँगै ‘नगदरहित कारोबार सुरक्षित मनकामना केबुल कार’ को अभियानअनुरुप केबुल कारको टिकट इसेवा एपबाटै खरिद गर्न सकिने भएको हो ।

कम्पनीका अनुसार इसेवाबाट खरिद गरेको टिकट मोबाइल तथा कम्प्युटरमै प्राप्त गर्न सकिनेछ र सोही टिकट देखाएर यात्रा गर्न सकिनेछ ।

यसबाट मनकामना दर्शनका लागि यात्रुहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु नपर्ने कम्पनीले बताएको छ । केबुलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाट पनि भुक्तान गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL