Logo

आन्तरिक हवाई उडान अकुपेन्सी ९० प्रतिशत बढी भएपछि उडान कोटा थपियो, कसले कति उडान भर्ने ?

आन्तरिक हवाई उडान अकुपेन्सी ९० प्रतिशत बढी भएपछि उडान कोटा थपियो, कसले कति उडान भर्ने ?



काठमाडौं । सरकारले हवाईयात्रुको चाप बढेसँगै बिहीबारदेखि लागु हुनेगरी आन्तरिक हवाई उडानको कोटा बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत असोज ५ गते सिमित कोटा तोकेर बुधबारसम्मका लागि उडानको तालिका दिएको थियो । तर यात्रुको चाप बढेसँगै विभिन्न एयरलाईन्स कम्पनीका जहाजको उडान कोटा बढाएको हो ।

जसअनुसार दैनिक १८ उडानको अनुमति पाएको बुद्ध एयरले अब दैनिक २५ उडान भर्न पाउने भएको छ । यस्तै दैनिक ११ उडानको अनुमति पाएको यति एयरलाईन्सले भने अब दैनिक १८ उडान भर्न सक्नेछ ।

प्राधिकरणका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो । प्राधिकरणले सिम्रिक र सौर्यलाई २र२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एकरएक उडानको अनुमति दिइएको थियो ।
अब उक्त तालिका अक्टोबर महिनाभरी लागु हुनेछ । त्यसपश्चात कोरोना भाईरसको महामारीको अवस्था र यात्रु चापलाई मध्यनजर गरी पुनः नयाँ तालिका आउने प्राधिरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्