Logo

पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटकलाई राखियो सर्तैसर्त, पर्यटन व्यवसायी असन्तुष्ट

पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटकलाई राखियो सर्तैसर्त, पर्यटन व्यवसायी असन्तुष्ट



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपालमा पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि विभिन्न सर्तहरु तोकेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विभिन्न ९ ओटा सर्त तोकेको हो ।

जसमा विदेशी नागरिक नेपाल पदयात्राका लागि या पर्वतारोहणका लागि आउँदा भिसा लिएको हुनुपर्ने वा भिसा नलिएको खण्डमा नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको पूर्व स्विकृती लिएको हुनुपर्ने उल्लेख छ । उक्त समुहका लागि सम्बन्धीत एजेन्सीले पर्यटन बोर्डसँगको समन्वयमा अध्यागमन विभागमा जानकारी गराई भिसाको सिफारिस दिईने छ ।

यती भईसकेपछि विदेशबाट भिसा नलिई आएको पर्यटकलाई सम्बन्धीत विन्दुमा भिसा उपलब्ध गराईनेछ । तर भिसा पाईसकेपछि उक्त पर्यटकले भिसा पाउने विन्दुमा बढीमा ७२ घण्टा अगाडी कोरोना परिक्षण गराई नेगेटिभ आएको रिपोर्ट बुझाउनुपर्नेछ । यस्तै सम्बन्धीत पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टाईनका बस्ने गरी होटल बुकिङ गरेको कागजात बुझाउनुपर्ने विज्ञप्तीमा उल्लेख छ । यस्तै पर्यटकले प्रतिव्यक्ति कम्तिमा ५ हजार अमेरिकी डलरबराबरको बीमा गरेको कागजातसमेत बुझाउनुपर्नेछ ।

यती मात्रै नभएर नेपालमा पर्वतारोहण र पदयात्राका लागि आउने विदेशी पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टाईनमा बस्नुपर्नेछ । होटल क्वारेन्टाईनमा बसेको पाँचौं दिनमा पर्यटकले आफ्नै खर्चमा पीसीआर परिक्षण गराउनुपर्नेछ ।

यति गरिसकेपछि पनि कोरोना रिपोर्ट नेगेटिभ आएमात्रै पदयात्रा र पर्वतारोहणमा जान पाईनेछ । तर रिपोर्ट पोजेटिभ आएको खण्डमा रिपोर्ट नेगेटिभ नआउँदासम्म होटल क्वारेन्टाईनमै बस्नुपर्नेछ ।
यस्तै पदयात्रामा जाने अन्य सदस्यको समेत १ लाख बराबरको कोरोना बीमा गराउनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

सरकारले आगामी कात्तिक १ गतेदेखि विदेशी पर्यटकका लागि आवागमन खुला गर्ने र अनअराईभल भिसा दिने निर्णय गरेको छ । तर यस्तो कोरोनाको महामारीमा सरकारले विभिन्न सर्तहरु तोकिदिँदा पर्यटन क्षेत्र निरुत्साहित भएको सम्बन्धीत पर्यटन व्यवसायी बताउँछन् । यस्तो महामारीको बेलामा शुन्य प्राय भएको पर्यटन क्षेत्रलाई माथि उकास्न झ सहजीकरण गर्नुपर्नेमा झन बोझिलो बनाउने काम भएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।

यसरी सरकारले सर्त तोकिदिँदा झन व्यवसायी निरुत्साहित भएको एस्सेन्ट हिमालयका प्रबन्ध निर्देशक नवराज थापा बताउँछन् । उनका अनुसार कतिपय पर्यटकलाई अनअराईभल भिसासमेत पाइन्छ भनेर जानकारी गराईसकेपछि टिकट पनि ईस्यु भईसकेको छ । तर सरकारले यस्तो निर्णय गरिदिँदा टिकट ईस्यु गर्न लागेका पर्यटकलाई के भन्ने भन्नेमा उनी अलमल्ल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL