Logo

हिमालय एयरलाईन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएपछि निगमका कर्मचारी आक्रोसित, भन्छन-निगमको अस्तित्व संकटमा पर्याे

हिमालय एयरलाईन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएपछि निगमका कर्मचारी आक्रोसित, भन्छन-निगमको अस्तित्व संकटमा पर्याे



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाईन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएपछि नेपाल वायुसेवा निगम कर्मचारी युनियन आक्रोशित बनेको छ । युनियनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै हिमालय एयरलाईन्सलाई सुनियोजित तरिकाले सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिईएको बताएको हो ।

सुनियोजित तरिकाले दिईएको उक्त अनुमति प्राधिकरणले फिर्ता लिनुपर्नेसमेत युनियनले माग गरेको छ । ‘नेपाल वायुसेवा निगमलाई डुबाउने र अन्तररष्ट्रिय कम्पनीलाई त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलमा रजगज गर्न दिने निर्णयप्रति युनियन घोर भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
षडयन्त्रपूर्वक नेपाल वायुसेवा निगमको अस्तित्व नै खतरामा पार्ने गरी उक्त निर्णय गरिएको नेवानी कर्मचारी युनियनको बुझाइृ छ ।

प्राधिरणले असोज ४ गते हिमालय एयरलाईन्सलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ (भुमिस्थ) को अनुमति दिएको हो । यसअघि नेपाल वायुसेवा निगमले थाई एयरवेज र एयर ईन्डियाबाहेक सबैको लागि भुमिस्थ सेवा प्रदान गर्दै आईरहेको थियो । तर प्राधिकरणको बैठकले हिमालय एयरलाईन्सलाई आफै भुमिस्थ गर्ने सुविधाको अनुमति दिएपछि नेवानी कर्मचारी युनियन आक्रोशित बनेको हो ।

ग्राउन्ड ह्यान्डलिङ अर्थात भुमिस्थ भनेको विमानमा आउने जाने यात्रुलाई बोर्डिङ पास दिने, क्याटरिङको सुविधा, जहाजसम्म पुर्याउनेलगायतका सेवाहरु हुन । जुन यसअघि नेपाल एयरलाईन्सले गर्दै आएकोमा अब हिमालय एयरलाईन्सले आफै गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्